विश्वासिलो ब्राण्ड बन्दै नामी

समाचार सारांश
Auto Generated by AI
  • नेपालमा नामी ब्रान्डका विद्युतीय गाडीहरू आकर्षक डिजाइन, आधुनिक प्रविधि र उचित मूल्यका कारण छोटो समयमै लोकप्रिय भएका छन्।
  • एमएडब्लू ग्रुपको अनुभव, बलियो सेल्स र सर्भिस नेटवर्क तथा चार्जिङ पूर्वाधार विस्तारले गर्दा नामीको बजारमा राम्रो पकड बनेको छ।
  • कम्पनीले ब्याट्री र मोटरमा ११ वर्षसम्मको वारेन्टी प्रदान गर्दै ग्राहकको विश्वास जितेर नेपालमा ई-मोबिलिटीको भविष्य निर्माण गरिरहेको छ।

काठमाडौं । नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । करिब १ दर्जन ब्राण्डले मात्रै आफूलाई बजारमा स्थापित गर्न सकेका छन् ।

नेपालमा तिनै सफल ब्राण्ड मध्ये एक हो चीनको सरकारी स्वामित्वको डोङफेङ मोटर कर्पोरेसनको सबब्राण्ड नामी । नेपाल सुहाउँदा सवारी, आकर्षक डिजाइन, आनुधिक प्रविधि, उचित मूल्य, सहज बिक्रीपछिको सेवा र स्पेयर पार्टसको उपलब्धता लगायत कारण नामी नेपालीको रोजाइमा पर्न सफल भएको हो ।

सन् २०२४ मा नेपाल प्रवेश गरेको नामीले २ वर्षको अवधिमै ठूलो छलाङ मारेको छ । यस अवधिमै नेपाली सडकमा नामीका २ हजार बढी इलेक्ट्रीक गाडी गुडिरहेका छन् । जसले यसको व्यापक स्वीकार्यता र लोकप्रियता दर्शाउँछ।

नेपालमा नामी सफल हुनुमा आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपको ठूलो मेहनत, विश्वास र लगानी रहेको छ । नेपाली अटोमोबाइल क्षेत्रमा ६० वर्षदेखि निरन्तर सेवा र ग्राहकको मन जित्न सफल एमएडब्ल्यूको अनुभवले नामी ब्राण्डप्रति ग्राहकको विश्वास थप मजबुत बनाएको छ ।

कम्पनीले बजारमो माग र ग्राहकको आवश्यकता अनुसार एकपछि अर्को मोडल उपलब्ध गराउँदै आएको छ । कम्पनीले सन् २०२४ सहरी क्षेत्रका लागि आकर्षक, व्यावहारिक र आधुनिक पारिवारिक ईभीका रूपमा नामी बक्स भित्र्याएको थियो । जसले ह्याचब्याक बजारमा सकारात्मक प्रभाव पार्यो ।

नामी भिगो बक्सको सफलतापछि कम्पनीले गत वर्ष (सन् २०२५)मा नेपालको तीव्र रूपमा बढिरहेको एसयूभी सेग्मेन्टमा नामी भिगो भित्र्यायो । जुन अहिले नेपाली बजारमा हटकेक मोडल बनिरहेको छ ।

नेपालका अप्ठ्यारा र चुनौतीपूर्ण गन्तव्यमा भिगोको सफल यात्राले नामीका गाडीहरूको भरपर्दोपना र क्षमतालाई अझ बलियो बनाएको छ ।

एकातिर विश्वस्तरीय इन्जिनियरिङ र अर्कोतिर एमएडब्लूले नेपालमा लिएको रणनीति नै नामीको सफलताको आधार हो । डोङफेङको प्रविधि, उत्पादनको गुणस्तर र दीर्घकालीन बजार उपस्थितिमा उच्च विश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ ।

एएमडब्लू नेपालमा नामीमा गाडी बिक्री गर्नमा मात्र सीमित छैन । कम्पनीले देशभर ईभीको इकोसिस्टम निर्माण गरिरहेको छ । कम्पनीले देशका प्रमुख सहर तथा राजमार्गमा चार्जिङ स्टेसन, देशभर सेल्स तथा सर्भिस नेटवर्क विस्तार गरी ग्राहकलाई बिक्रीपछिको सेवा सुनिश्चित गरेको छ । नेपालमा धेरै जसो ब्राण्ड गाडी बेच्न मात्र केन्द्रित भइरहँदा नामीले भने बिक्रीपछिको सेवालाई पहिलो प्राथमिकतामा राखेकै कारण बजारमा स्थापित हुन सफल भएको हो ।

साथै, कम्पनीले ग्राहकलाई आफ्ना स्वामित्वको अपनत्व गराउन ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटर (जुन पहिला आउँछ)को वारेन्टी दिएको छ । जसले ग्राहकको चिन्ता हटाउँदै ढुक्क बनाएको छ ।

अन्तर्राष्ट्रिय अटोमोटिभ प्रविधि, एएमडब्लूको ग्राहक केन्द्रित सेवा नीति र ग्राहकको सहयोगले नामीलाई नेपालमा भरपर्दो र फ्युचररिस्टिक ईभी ब्राण्डका रूपमा स्थापित गरेको छ । जसले नेपालको ई मोबिलिटी भविष्यका लागि एउटा सबल, विश्वासिलो र सहज वातावरण निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?