औसत ब्याजदर घट्याे

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही चैत महिनाका लागि घटेको छ । प्राप्त तथ्यांक अनुसार फागुन महिनाको तुलनामा चैतमा बैंकहरूको मुद्दतीतर्फको औसत ब्याजदरमा केही कमी आएको देखिएको हो ।

वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर फागुनमा ४.५७ प्रतिशत रहेकोमा चैतमा ४.४९ प्रतिशत कायम भएको छ, जुन ०.०८ प्रतिशतको गिरावट हो । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि फागुनको ३.३३ प्रतिशतबाट घटेर चैतमा ३.२९ प्रतिशत पुगेको छ ।

तथ्यांक अनुसार नेपाल बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै ०.६ प्रतिशतले ब्याजदर घटाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तितर्फको मुद्दतीमा कृषि विकासले ०.१४, कुमारीले ०.३१, प्राइमले ०.१० र स्ट्याण्डर्ड चार्टर्डले ०.१४ कटौती गरेका छन् । नेपाल एसबिआई बैंकले भने संस्थागततर्फ मात्र ०.०२ प्रतिशतले ब्याजदर घटाएको देखिन्छ ।

धेरैजसो बैंकहरूले भने चैत महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् । एनएमबि, राष्ट्रिय वाणिज्य, र एनआइसी एशियाले व्यक्तिगततर्फ ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशतको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?