दुई कम्पनीले आईपीओ निष्कासन गर्ने, अनुमति माग्दै बोर्डमा दिए आवेदन

काठमाडौं। दुई कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेकले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् ।

इलेक्ट्रो पावरले रु. १०० अंकित दरमा ८१ करोड २५ लाख रुपैयाँ बराबरकाे ८१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै मंसिर १ गते आवेदन दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृती पाएपश्चात कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस्तै एनसी एग्रो टेकले रु.१०० अंकित दरमा १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै कात्तिक २४ गते आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?