मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भन्नुभयो- ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नु भएको छ ।

नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नु भएको हो ।

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी गरी अघि बढनुहोस् ।सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’-अर्थमन्त्री पौडेलले भन्नुभयो ।

प्रतिनिधि मण्डलमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधि मण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सरकारले तत्काल निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्छ: इप्पान अध्यक्ष डाँगी

नेपालमा सबैभन्दा धेरै बीवाईडी गाडी भित्रियाे, अरू कुन कुन ब्रान्डका कति भित्रिए ?

स्थानीयबासीलाई रु. १०० मै आईपीओ दिन इप्पानको आग्रह, प्रिमियममा बिक्री गर्ने प्रस्तावको विरोध

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

छुटाउनुभयो कि ?