प्रहरीले सार्वजनिक गर्यो ट्रकबाट बरामद गरिएको २५ करोड १ लाख ६० हजार

काठमाडौँ । प्रहरीले काठमाडौँको झोरबाट बरामद गरिएको करोडौँ नेपाली र विदेशी रकम सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मलेन गर्दै प्रहरीले उक्त रकम सार्वनिक गरिएको हो । प्रहरीका अनुसार नेपाली र विदेशी गरी कुल २५ करोड १ लाख ६० हजार रुपैयाँ बरामद गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको झोरबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएका थियो । उक्त ट्रकमा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो गरि क२५ करोड १ लाख ६० हजार रुपैयाँ नगद भेटिएको हाे । प्रहरीले ट्रक चालक कुसाङ लामालाई नियन्त्रणमा लिएको छ ।

चालकले आफू भरिया मात्र भएको बयान प्रहरीसमक्ष दिएका छन् । पक्राउ परेका लामा पहिले पनि सुन तस्करीमा संलग्न रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

छुटाउनुभयो कि ?