भारतमा नयाँ बजेट: मध्यमवर्गीयलाई राहत दिन आयकर स्ल्याबमा ठूलो हेरफेर

काठमाडौं । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२५/२६ बजेट प्रस्तुत गरेकी छन् । शनिवार संसदमा पेस गरिएको बजेटमा नयाँ आयकर स्ल्याबको घोषणा गरेकी छन् ।

नयाँ आयकर विधि अन्तर्गत वार्षिक १२ लाखसम्मको आम्दानीमा कुनै पनि आयकर नलाग्ने भएको छ । यसले मध्यम वर्गलाई विशेष फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पारिश्रमिक वर्गको लागि स्ट्यान्डर्ड डिडक्शन ७५ हजार रुपैयाँ कायम राखिएको छ । जसको अर्थ १२ लाख ७५ हजार रुपैयाँ सम्मको आम्दानीमा कुनै आयकर लाग्न छैन । यसरी, यदि कुनै कर्मचारीको वार्षिक आम्दानी १२ लाख ७५ हजार रुपैयाँ हो भने उसले कुनै आयकर तिर्नु पर्ने छैन ।

वित्तमन्त्रीले आफ्नो बजेट भाषणको अन्त्यमा नयाँ आयकर दरको घोषणा गरेकी थिइन् ।

वित्त मन्त्रीले आफ्नो भाषणमा पुराना आयकर स्ल्याबहरूको उल्लेख गरेकी छन् ।

साथै, बजेटमा वरिष्ठ नागरिकहरूको लागि ब्याजमा कर छुटको सीमा ५० हजारबाट १ लाख रुपैया पुर्‍याइएको छ।

वित्त मन्त्रीका अनुसार सरकारले अर्को हप्ता आयकर विधेयक ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?