सातै प्रदेशका कृषि मन्त्री सिहंदरवारमा

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ,प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको वताउनूभएको छ ।

सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा वसेको विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना वनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी वनाउन पर्नेमा जोड दिनुभयो ।

बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तह मार्फत कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको छ , भन्दै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघिय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको छ , भन्नुभयो । विदेशवाट फर्किएकाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार वनाउने गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।

बैठकमा सातै प्रदेशका कृषि सँग सम्वन्धित सचिवहरुले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुती गर्नुभएको थियो भने प्रदेशमन्त्रीहरुले आ–आफनो धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा यस अघि वसेको नवौ बैठकले गरेका निर्णय कार्यन्वयनको समिक्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?