नेपाल बैंकर्स एसोसिएसनमा सन्तोष कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित

नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्वाचित भएका छन् । संघको ३८औँ वार्षिक साधारणसभाले अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीनजना सदस्य निर्वाचित गरेको हो ।

अध्यक्षमा निर्विरोध निर्वाचित कोइराला यसअघि संघको उपाध्यक्ष थिए । साथै, उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध भएका छन् । कार्यकारिणी समितिका तीनजना सदस्यहरूमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयलाई निर्विरोध निर्वाचित गरेको छ ।

साधारणसभाको निर्णयपश्चात् संघको कार्यकारिणी समितिमा प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल पनि सदस्य छन् । साथै, निवर्तमान अध्यक्ष सुनील केसी कार्यसमितिको पदेन सदस्यको रूपमा रहनेछन् । पूर्वअध्यक्षहरू अशोकशमशेर जबरा र ज्ञानेन्द्रप्रसाद ढुंगाना कार्यसमितिको सल्लाहकारको रुपमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?