धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई मनोनीत गर्ने सरकारको निर्णय

सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा लामो समयदेखि किचलो भइरहेको थियो।

अध्यक्ष पदमा करिब १९ जनाको आवेदन परेको भए पनि छानिएका पाँच जनामध्ये तीन जना अनुपिस्थत रहँदै आएपछि यो प्रक्रिया लामो समयदेखि अड्किँदै आएको थियो।

पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेको थियो।

अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेपछि सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?