धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई मनोनीत गर्ने सरकारको निर्णय

सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा लामो समयदेखि किचलो भइरहेको थियो।

अध्यक्ष पदमा करिब १९ जनाको आवेदन परेको भए पनि छानिएका पाँच जनामध्ये तीन जना अनुपिस्थत रहँदै आएपछि यो प्रक्रिया लामो समयदेखि अड्किँदै आएको थियो।

पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेको थियो।

अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेपछि सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?