धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो । यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो । अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको जानकारी दिएको थियो ।

यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो। २०८० पुस २० पछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?