पठाओ, इन्ड्राइभमा लूटधन्दा, राज्य रमिते !

रामचन्द्र पाेखरेल नियमित पठाओ चढ्छन् । उनले आज पनि पठाओ सर्च गरे ।

काेटेश्वर-चाबहिल दिदीको घरमा टिका लगाउन जाने पर्ने भएकाले ४०० रुपैयाँ तिरेर पुगे ।

जबकि सामान्य अवस्थामा १५० रुपैयाँ हाराहारीमा पर्ने गर्छ । तर, तिहारको मौका छोपेर पठाओले मनपरी असुली गरिरहेको पाइएको छ ।

यो त एक उदाहरणमात्रै हो । तिहारको भाइटीकाको दिन राइड सेयरिङ एप्लिकेसनमार्फत आफूहरूले ठगिएको महसुस गरेको कैयन सेवाग्राहीले बताएका छन् ।

पठाओमा मात्रै नभएर इन्ड्राइभ जस्ता राइड सेयरिङ एप्लिकेसनमार्फत ग्राहकले सहजताका लागि अनलाइनमार्फत अर्डर गरेपनि तिहारको नाममा ठगी गरेको उनीहरूको गुनासो छ ।

सेवाग्राही गणेश खनालले आइतबार दिउँसो आफू राजधानीको नेपालटारबाट वसुन्धरा इन्ड्राइभमा जाँदा ट्याक्सीले अफलाइनमा मात्रै जान चाहेको बताए । आफूलाई जानै पर्ने भएकाले बानेश्वर-वसुन्धरा आउजाउमा १ हजार रुपैयाँ खर्चिनुपरेको उनको गुनासो छ ।

पछिल्लो समय यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानका लागि साइड सेयरिङ सजिलो माध्यम बनेको छ । तर, तिहारको समयमा यातायात पनि धेरै नचल्ने मौकामा राइडरहरुले अनेक बहानामा ठगी गर्दा सम्बन्धित निकाय भने मौन छ ।

यस्तो अवस्थामा अनलाइनमा एसेप्ट नै नगरिदिने र गरिहाले पनि अनेक बहानामा मोलमोलाइ गरेर ठग्ने गरेको उनीहरूको भनाइ छ ।

राज्य भने यस्ता ठगीमा रमिते देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?