कुलमान आक्रामक : विद्युत् महसुल नतिर्ने उद्योगहरुको लाइन काट्न थाले

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बिजुली उपभोग गरेर विद्युत् महसुल नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले बक्यौता रकम तिर्न दिएको अन्तिम मिति कात्तिक ८ मा पनि उद्योगहरुले किस्ता तिर्न नमानेपछि सोही दिनबाटै लाइन काट्न सुरु गरेको हो ।

प्राधिकरणले विहीबार नै उद्योगीहरुलाई बोलाएर किस्ताबन्दीमा तिर्न अनुरोध गर्दा समेत नमानेपछि लाइन काट्ने निचोडमा पुगेको हो । गत असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत् महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । उद्योगीलाई बक्यौता तिर्न दिएको समय बिहीबार सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काट्न थालेको हो ।

बिहीबार साँझ डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै दाङस्थित घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुटमिललगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नारायण रबर इन्डस्ट्री, हिमाल आइरन, सोना पोलिमर, सोना प्याकेजिङ, यशोदा फुड्स र जयदुर्गा प्लास्टिक उद्योगले किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न सुरु गरेका छन् भने मारुती र शिवम् सिमेन्टले अदालतबाट अन्तरिम आदेश पाएका छन् । प्राधिकरण स्रोतका अनुसार ४० भन्दा बढी उद्योगको बिजुली काटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?