ब्रोकर कम्पनीको नयाँ टीएमएस सञ्चालन

काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि आजदेखि ब्रोकर कम्पनीकै टीएमएस सञ्चालनमा आउने भएको छ ।

आइतबारदेखि सेक्योर्ड सेक्युरिटिजले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भएको हो । ‘आइतबारदेखि औपचारिक रुपमा नयाँ टीएसमएस सञ्चालनमा ल्याउँदैछौं’ सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले भने ‘नयाँ टीएमएस सञ्चालनमा आएपछि हाम्रा सबै ग्राहकले कारोबारका लागि यहीं प्रयोग गर्नुपर्छ ।’

हिजोअस्तिसम्म सीमित ग्राहकमा मात्रै परीक्षण गरिएको थियो । मैनालीका अनुसार बुधबारसम्म १ हजार ५२ ग्राहकले नयाँ टीएमएसको पहुँच पाइसकेका छन् । सेक्योर्ड सेक्युरिटिजको नयाँ टीएमएस सञ्चालनपछि अन्य ब्रोकर कम्पनीले पनि नयाँ सुरुआत गर्नेछन् । ‘नयाँ टीएमएस प्रयोगकर्ताको संख्या बढेर यहाँबाट सहज कारोबार भइसकेपछि अरु ब्रोकरले पनि प्रयोग गर्नेछन्’ मैनालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?