आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउँछौं : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाइने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्री विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले भने, ‘हाम्रो आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउनु पर्नेछ, विगतमा कुनै त्रुटि भएका छन् भने पनि अब हामी त्यसलाई दोहोर्‍याउन सक्दैनौं ।’

नेपालले वातावरणीय अनुकुलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नै भन्दै उनले दिगो विकासको बाटो आवश्यक रहेको बताए ।

आज संसारले विकास र पर्यावरणीय दिगोपन बीच सन्तुलन मिलाउन गम्भीर चुनौती सामना गरिरहेको भन्दै उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहन जस्ता समस्या केवल पर्यावरणीय चुनौती मात्र नभइ अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय भएको बताए ।

हिमालयको काखमा रहेको नेपाल जलवायु परिवर्तनका प्रभावका कारण अत्यन्तै जोखिममा परेका मुलुकमध्येको एक रहेको भन्दै उनले हिमनदी पग्लिने समस्या, मनसुनमा आएको परिवर्तन र बाढी तथा पहिरोको संख्या बढ्दै जानु हाम्रो अर्थतन्त्र, विशेषगरी कृषि, जलविद्युत र पर्यटनका लागि चुनौती बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?