सुनको मूल्य हालसम्मकै महँगो, ऐतिहासिक रेकर्ड कायम

सुनको मूल्यले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि अर्थात् गत शुक्रबार पनि १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । तर, आज पुनः उक्त रेकर्ड तोड्दै कीर्तिमानी उचाई कायम गरेको हो ।

यस्तै, साताको पहिलो कारोबार दिन चाँदीको भाउ पनि ह्वात्तै वृद्धि भएको छ । आज चाँदी तोलामा ४० रुपैयाँ वृद्धि भई १ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिाल्लो दिन भने १ हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?