झण्डै तीन प्रतिशतले घट्यो बीमाशुल्क आर्जन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले आर्जन गर्ने बीमाशुल्क सङ्कलन रकम घटेको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सञ्चालनमा रहेका जीवन र निर्जीवन गरी कुल २८ वटा बीमा कम्पनीहरुले २२ अर्ब ८८ करोड ६६ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ९९ प्रतिशतले कम हो । २०८० साउनमा बीमा कम्पनीहरुले २३ अर्ब ५९ करोड २८ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । यस आर्थिक वर्षकोे साउनमा जीवन बीमा कम्पनीहरुको मात्र बीमाशुल्क आर्जन १८ अर्ब ५७ करोड ४९ लाख ७० हजार रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव २६ प्रतिशतले कम हो ।

२०८० साउनमा जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड ६९ लाख १४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरुले गत साउनमा चार अर्ब ३१ करोड १६ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको साउन महिनाको तुलनामा आठ दशमलव १७ प्रतिशतले बढी हो । २०८० साउनमा निर्जीवन बीमा कम्पनीहरुको तीन अर्ब ९८ करोड ५९ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनमा निर्जीवन बीमा कम्पनीहरुको बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरुको घटेको छ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको साउन मसान्तसम्म जारी गरेको सक्रिय बीमालेखको संख्या एक करोड ३७ लाख सात हजार दुई सय ५१ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या एक करोड ४० लाख २१ हजार पाँच सय ४० थियो ।
चालू आर्थिक वर्षको साउन मसान्तसम्म निर्जीवन बीमालेखको संख्या दुई लाख ४१ हजार तीन सय १४ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ८५ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या दुई लाख १३ हजार आठ सय २८ थियो । चालू आर्थिक वर्षको साउन मसान्तसम्म बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४२ दशमलव ७० प्रतिशत छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ७० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४४ प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?