अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्चको लन्च, एभरेडीले गर्यो नेपालमा विस्तार

काठमाडौं । एभरेडी इण्डष्ट्रिज इण्डिया लि. नेपालको ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनीकाे रुपमा रहेकाे छ । जसले आफ्नो पछिल्लो आविष्कारहरु नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन् ब्याट्री तथा डिएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ ।

यी उत्पादनहरुले एभरेडीको उत्कृष्टता, अनुसन्धान, र सामाजिक प्रभाव प्रतिको प्रतिबद्धतालाई दर्शाएको छ, खास गरेर परिष्कृत सुरक्षा औजारहरुका साथ महिलाहरुलाई सशक्त बनाएर ।

काठमाडौंको ह्यात प्लालेसमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको यी उत्पादनहरुले दैनिक जीवनलाई बढावा दिंदै व्यक्तिगत सुरक्षालाई साथ दिएर उद्देश्य परिचालित उच्च गुणस्तरीय समाधानहरुका साथ नेपाली बजारलाई सेवा पु¥याउने एभरेडीको रणनीतिक विस्तार र समर्पणलाई संकेत गरेको छ ।

एभरेडीले आफ्नो अद्भुत ‘खेलिन्छ त सिकिन्छं’ भन्ने अभियानमार्फत् बालबालिकाहरुले मज्जा भन्दा पनि बाहिर मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनपयोगी सिपहरुलाई बढावा दिन्छ भनेर प्रकाश पार्न अल्टिमा अल्कालाइन् ब्याट्रीहरु प्रस्तुत गरेकाे छ ।

आविष्कार प्रतिको एभरेडीको प्रतिबद्धता स्वरुप नयाँ अल्टिमा शृँखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने AA/AAA ब्याट्रीहरु ८०० % लामो कार्यसम्पादन दिने अल्टिमा प्रो.का साथ प्रभावशाली शक्ति क्षमताहरु प्रदान गर्दछ । खेलौनाहरु, भिडियो गेमहरु र चिकित्सकीय औजारहरु जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यी ब्याट्रीहरु अल्कालाइन् प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण हुन् ।

यसका साथै एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको #AWAZUTHAUNESHAKTI अभियानका साथ कान नसुन्ने र बोल्न नसक्नेहरुका लागि एभरेडीको उद्देश्य परिचालित आविष्कारको रुपमा प्रस्तुुत गरिएको छ ।

यसमा १०० डेसिबल एसओएस अलार्म, युएसबि टाइप–बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँक्ने विशेषताहरु छन्, जसले यसलाई अझ ठोस शक्तिशाली बनाएको छ । आकस्मिक क्षणहरुमा प्रयोगकर्ताहरुलाई सं बनाउन डिजाइन गरिएको यो टर्चले सबैका लागि सुरक्षामा पहुँच भन्ने ब्राण्डको प्रतिबद्धतालाई दर्शाउँदछ ।

सम्मेलनमा मन्तव्य राख्दै एभरेडी इण्डष्ट्रिज एण्डिया लि.का एसबियु प्रमुख (ब्याट्रीज एण्ड फ्ल्यासलाइट) र वरिष्ठ उपाध्यक्ष अनिर्वान बेनर्जीले भने, ‘नेपालमा यी उत्पादनहरुको बिक्री वितरण शुरु हुनुले नेपाली बजारलाई नवीन खोज, धेरै समय चल्ने शक्ति प्रवद्र्धन गर्ने अत्याधुनिक समाधानहरु र सुरक्षाका साथ सेवा प्रदान गर्ने एभरेडीको रणनीतिक विस्तार र प्रतिबद्धतालाई झल्काउँछ । हाम्रो अल्टिमा अल्कालाइन् ब्याट्रीहरुमा ४०० देखि ८०० प्रतिशतसम्मको दीर्घ जीवन छ, र यी उत्पादनहरु उच्च खपत गर्ने उपकरणहरुका लागि एकदम सही छन् , त्यसैगरी एभरेडी साइन टर्च एउटा उत्पादनमात्र हैन, यो सुरक्षा, सशक्तिकरणको प्रतिक हो र यसले आकस्मिक अवस्थाहरुमा आवामज उठाउन मद्दत गर्दछ । यी दुवै आविष्कारहरुले हाम्रा ग्राहकहरुको बढ्दो आवश्यताहरुलाई परिपूर्ति गर्न उत्कृष्ट कार्यक्षमता प्रदान गरेर व्यक्तिगत सुरक्षा र दैनिक जीवनलाई उन्नत बनाउने हाम्रो समपर्णलाई प्रतिबिम्बित गरेका छन् ।’

दुवै उत्पादनहरुले एभरेडीले लिंदै आएको बातावरणीय र सामाजिक उत्तरदायित्व प्रतिको समर्पणलाई प्रस्तुत गरेका छन् । अल्टिमा ब्याट्री पारो, शिसा र क्याडमियम जस्तो वातवरणमा नकारात्मक असर पार्ने तत्वहरुबाट मुक्त छ भनें साइरन टर्च महिलाहरुको सुरक्षा सुनिश्चित् गर्न र आपतको समयमा उनीहरु आवाज उठाएर सशक्त बनाउन तयार पारिएको एक सिर्जना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?