बक्यौता उठाउन विद्युत प्राधिकरण आक्रामक

हप्ता दिनमै ८ हजार बढी ग्राहककको लाइन बिच्छेद गरियो

नेपाल विद्युत प्राधिकरण बक्यौता उठाउन आक्रामक बनेको छ । बक्यौता उठ्न छाडेपछि प्राधिकरणले ग्राहकको लाइन काट्न थालेको छ ।

प्राधिकरणले करिब एक सातामा ८ हजारभन्दा बढी ग्राहककको लाइन काटेको छ । प्राधिकरणले भदौ ११ गतेदेखि १८ गतेसम्म ८ हजार ६७१ जना ग्राहकको लाइन काटेको छ । यी ग्राहकले करिब १५ करोड रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटेको हो ।

‘हामीले बक्यौता नतिर्ने ग्राहकहरुको लाइन काट्न थालेका छौं । लाइन नकाटी बक्यौता नै उठ्न छाड्यो,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘लाइन काट्न थालेपछि बक्यौता उठ्छ । हामी देशभरी बक्यौता नतिर्नेको लाइन काट्छौं ।’

प्राधिकरणले लाइन काटेर ८ करोड ८४ लाख रुपैयाँ बक्यौता उठाएको छ । ‘लाइन नकाटी बक्यौता नै नउठ्ने अवस्था छ । लाइन काट्न थालेपछि मात्रै बक्यौता उठ्छ,’ प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले भने, ‘हामी यो वर्ष करिब १ लाख ग्राहकका लाइन काट्दैछौं ।’

प्राधिकरणको विद्युत महसुल संकलन विनियमावली, २०७ ८मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्यत् महसुल नुबझाएमा बिना सूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।

मिटर रिडिङ भएको १६औं दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि विलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताको विद्युत लाइन जुन सुकै बेला काट्न सकिने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?