टिकटक खुलाउन दूरसञ्चार प्राधिकरणको औपचारिक निर्देशन

सरकारले टिकटकमाथिको प्रतिबन्ध औपचारिक रुपमा हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।

प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामा जनाइएको छ ।

‘टिकटमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, प्राधिकरणको अनुगमन महाशाखाद्वारा जारी निर्देशनमा भनिएको छ ।

यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ ।

टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । प्रतिबन्धको १० महिनापछि टिकटक खुलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?