बैंकहरूको आधारदर फेरि घट्यो, ऋणको ब्याजदर कम हुने

नेपालमा बैंकहरूको आधारदर फेरि घटेको छ । साउनको तुलनामा भदौमा औषत ०.२५ प्रतिशतले आधारदर घटेको हो ।

योसँगै भदौका लागि औषत आधारदर ७.९२ प्रतिशत भएको छ । आधार दर कम हुनु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । ऋणको ब्याजदर तय गर्दा आधारदरमा प्रिमियम जोडिन्छ ।

अहिले २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधारदर ६.२२ प्रतिशत छ भने दोस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । यसको आधारदर ६.६६ प्रतिशत रहेको छ । अहिलेको अवस्थामा अन्य बैंकभन्दा यी दुई बैंकबाट ऋण लिँदा कम ब्याजदर पर्ने देखिन्छ ।

यस्तै सबैभन्दा बढी आधारदर एनआइशी एशिया बैंकको छ । अन्य बैंकभन्दा यो बैंकको ऋणको ब्याजदर महंगो पर्ने देखिन्छ । यसको आधारदर नै ९.२२ प्रतिशत छ । यस्तै कुमारी बैंकको पनि तुलनात्मक रूपमा महंगो व्याजदर छ । यसको आधारदर ८.९० प्रतिशत रहेको छ ।

पछिल्लो समय बैंकहरूले निक्षेपको ब्याजदरका साथसाथै कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन् । तर, पनि कर्जा प्रवाह अपेक्षितरूपमा हुन सकेको छैन । कर्जा प्रवाह नभएपछि बैंकहरूले निक्षेपकर्तालाई दिने भन्दा सस्तो ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप उपकरणमार्फत पैसा राखिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाको आधारदर भन्नाले मुख्यतःसंस्थाको लागतको आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधारदर अर्थात बेसरेट हो ।

यो दर गणना गर्दा संस्थाले निक्षेप जस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत, राष्ट्र बैंकको नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता कायम गरेबापत लाग्ने लागत र सञ्चालन लागतलाई समावेश गरी प्रतिशतमा गणना गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?