प्रधानमन्त्री केपी ओलीले गुमाए सामाजिक संजालमा लाखौं फ्लाेअर्स ! अनफ्लाे गर्नेकाे बाढी

प्रधानमन्त्री केपी शर्मा ओलीको फेशबुक पेज केपी शर्मा ओली अनफलोको बाढी आएको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थकहरुले ओलीको भेरिफाईड पेज अनफलाेको अभियान चलाएका हुन् । यो समाचार तयार पार्दासमेत ओलीको पेजमा लाईक गर्नेहरु लाखौंको संख्यामा घटेका छन् ।

अहिले ६ लाख ७ हजार फलोअर्स छन् । जबकि त्यो संख्या झण्डै साढे ७ लाख थियो ।

काठमाडौंका मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरमा काम गर्न राखेर बाल शोषण गरेको भन्दै कारबाही गर्न माग गरेका थिए । एमाले समर्थकहरुले रिपोर्ट गरेपछि बालेनको स्टाटस फेशबुकबाट गायब भएको छ ।

त्यही सन्दर्भमा बालेनले “फेशबुकमा पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ” भनेर लेखेका थिए । यही सिलसिलामा बालेनका समर्थकहरुले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको फेशबुक पेज अनफलो गरेका हुन् ।

अहिले पनि त्यो क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?