राष्ट्र बैंकको अध्ययन : नेपालमा विदेशी लगानीकर्ताले प्रयाप्त प्रतिफल पाउदैनन्

नेपालमा विदेशी लगानीकर्ताले प्रयाप्त प्रतिफल नपाउने गरेको अध्ययनले देखाएको छ । नेपालमा भएका विदेशी लगानीकर्ताहरुको आम्दानी उनीहरुले विदेश लगेका लाभांशहरुमा आधारित रहेर गरिएको अध्ययनले प्रतिफल कमजोर देखिएको हो ।

नेपाल राष्ट्र बैंकले नेपालमा वैदेशिक लगानीको प्रतिफल सम्बन्धमा एक अध्ययन गरेको छ । अध्ययन अनुसार११ दशमलव ६१ प्रतिशत प्रतिफल पाएको देखिएको हो ।

राष्ट्र बैंकले शुक्रबार अध्धयन प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९ ।०८० मा वैदेशिक लागनीको प्रतिफल सामान्य रहेको बताएको छ ।

आर्थिक वर्ष २०७० ।८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २ सय ३८ वटा कम्पनीको नमूना छनोट गरेर अध्ययन सर्वेक्ष्ण गरेको थियो ।

सर्वेक्षण अनुसार . आर्थिक वर्ष २०७९।८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । उक्त समयमा २ खर्ब ८५ अर्ब ५० करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२ दशमलव ८ प्रतिशत, सञ्चिति ३३ दशमलव ७ प्रतिशत र कर्जाको अंश १३ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट १ खर्ब ३ अर्ब ४५ करोड , चीनबाट ३५ अर्ब ४६ करोड रुपैयाँ विदेशी लगानी आएको छ ।

आयरल्याण्डबाट २२ अर्ब ६२ करोड ,अष्ट्रेलियाबाट १५ अर्ब ६ करोड र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २५ दशमलव ४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५८ दशमलव ७ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी गण्डकी प्रदेशमा १५ दशमलव १ प्रतिशत, कोशी प्रदेशमा १४ दशमलव ७ प्रतिशत, मधेश प्रदेशमा ८ दशमलव ८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६० दशमलव ६८ प्रतिशत रहेको पाइएको ।
जसले पनि आम्दानी नै कमजोर रहेको अध्ययन प्रतिवेदनले देखाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकता

विश्वकपलक्षित नेपाल टेलिकमको विशेष प्याकेज सार्वजनिक

औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

प्रदेश सरकारको बजेट २ खर्ब ५४ अर्ब

छुटाउनुभयो कि ?