नेटा भी कारले नेपाली बजारमा राम्रो व्यवसाय गर्दै

सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी कारले नेपाली बजारमा राम्रो व्यवसाय गरेको छ।

छोटो समयमै नेपालमा ८ सयभन्दा बढी नेटा भी बिक्री भएको हो।

कम्पनीका अनुसार उच्च प्रस्तुति, विश्वासिलो र वातावरणमैत्रीजस्ता विशेषताले नेटा भीलाई ग्राहकले बढी रुचाएका हुन्।

हरेक नेटा भीमा उन्नत प्रविधि र असाधारण इन्जिनियरिङ रहेको कम्पनीको दाबी छ। यसले ड्राइभिङमा फरक अनुभव दिने कम्पनीको भनाइ छ।

नेटा भीमा ४०.७ केडब्लु ब्याट्री, ५० केडब्लुको मोटर रहेका छन्। यसले १२० एनएम टर्क जेनरेट गर्ने कम्पनीले उल्लेख गरेको छ। २० मिनेट चार्ज गर्दा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ।

सिंगल चार्जमा ३८० किमि रेन्ज दिने नेटा भी किन्दा ८ वर्ष वा डेढ लाख किमिको वारेन्टी पाइन्छ।

नेटा होजोन अटोअन्तर्गतको कम्पनी हो। नेटा भी चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनजस्ता देशमा पुगिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?