नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली लैजाने

काठमाडौ । अन्तरदेशीय व्यापार अन्तर्गत थप २५१ मेगावाट विद्युत निर्यातका लागि बाटो खुलेको छ ।

भारतको तोकिएको प्राधिकरणले नेपालका १२ ओटा जलविद्युत परियोजनाबाट थप विद्युत निर्यातका लागि स्वीकृत गरेको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ । यो सँगै नेपालले भारततर्फ कुल २८ आयोजनाबाट ९४१ मेगावाट विजुली भारत पठाउने छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै १६ अर्ब ९३ करोड नेपाली रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्ज डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात शुरू गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच दिएको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।

भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ । जसले खरिदकर्ताहरूका नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गरेको छ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने लक्ष्य राखिएको छ । यो सम्झौताको पहिलो वर्ष झण्डै एक हजार मेगावाट निर्यात भइसकेको प्राधिकरणले बताएको छ ।

नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने लक्ष्यमा छ । बङ्गलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागेर गत श्रावण १३ गते हस्ताक्षर गर्ने योजना गरेको नेपाललाई बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले धक्का दिएको छ । जसको कारण अन्तिम समयमा दुईपक्षीय सम्झौता हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?