दुधकाे पैसा नउठेपछि किसानहरू ठूलो मारमा

चितवन रत्ननगर नगरपालिका सुन्दरचोकका स्थानीय किसान नरबहादर डाँगी फार्ममा भएको गाईभैंसी बेच्ने तरखरमा छन् ।

प्रत्येक महिना अन्तिममा नजिकै रहेका किराना पसलेहरू फार्म आएर पैसा माग्न थालेपछि डाँगीलाई आपत परेको छ ।

यसको कारण हो डाँगीले बेचेको दूधको पैसा नपाउनु । ११ भैंसी र ७ गाई पालेका उनले तीन महिनाको बक्यौता ९ लाखभन्दा धेरै लिन बाँकी छ ।

‘चार वटा जति पसलका मान्छे ढुटो चोकरको पैसा लिन आइसके । टोल छिमेकमा पनि सापटी मागेको छु । यत्रो फार्म चलाउँदा नि पैसा खेलाउन पाएको छैन । दुधको पैसा समयमा आउने हो भने सबै ठिक हुन्थ्यो,’ डाँगीले भने ।

उनले अहिले दूधको पैसा समयमा नपाउँदा अवस्था नाजुक भएको बताए । दुई वर्ष अगाडि सुरु गर्दा केही समस्या थिएन । तर, अहिले धेरै नै समस्या भएको बताए । ‘यही हो भने भएको गाईभैंसी बेचेर खाडी जानुपर्छ,’ डाँगीले भने ।

हेटौंडा उपमहानगरपालिका–१४ स्थित मुक्तिनाथ एकीकृत कृषि फर्म सञ्चालक गीता अधिकारीको तीन महिनाको १ लाख २० हजार रुपैयाँ दूध बिक्रीको पैसा रोकिएको छ ।

स्थानीय कृषि सहकारीबाट ऋण लिएर दाना, ढुटो, चोकर खरिद गरेर आधा दर्जन गाईलाई खुवाउँदै आएको अधिकारी बताउँछिन् । उनलाई घर खर्चभन्दा पनि ऋणको साँवा तिर्न नसकेकोमा बढी चिन्ता छ । ‘घर खर्च त जसरी पनि चलाउँथे । दाना, चोकर किनेकै ऋणको साँवा तिर्न सकेको छैन,’ उनले भनिन् ।

काभ्रेका अगुवा किसान नारायण नेपाल दूधको बक्यौता रकम भुक्तानी नहुँदा पूरै जिल्लाका किसान समस्या रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?