अर्थ,परराष्ट्रमन्त्री सहितका उच्च अधिकारी विदेश भ्रमणमा जाने, मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा नेतृत्वको टोली आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणमा जाने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणा नेतृत्वको टोलीलाई भारत भ्रमण गर्न स्वीकृति दिएको हो ।

त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको दुई दिने उज्वेकिस्तान भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

मन्त्री पौडेलको नेतृत्वमा एक प्रतिनिधि मण्डल असोज ९ र १० गते उज्वेकिस्तान समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सनको नवौँ वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ जाँदैछ ।

मन्त्रिपरिषद्ले असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोक सेवा आयोगको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन आयोगका पदाधिकारीलाई सहभागी हुन स्वीकृति दिएको छ । त्यसैगरी भदौ ११ देखि १४ गतेसम्म थाइल्याण्डको बैंककमा हुने नुट्रिसन फाइनान्सिङसम्बन्धी कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य अरपी विच्छालाई स्वीकृति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?