कजारिया टायल्सद्वारा कारखानाको किल्न लाइट अप उद्घाटन

कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) सफलतापूर्वक उद्घाटन गरेको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थितिमा उद्घाटन गरिएको हो।

बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कार्यक्रममा सहभागी हुँदै शुभकामना तथा बधाई दिए । यस अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कम्पनीलाई बजारको माग अनुसार व्यापक दायरामा उत्पादन गर्न सक्षम बनाउने कम्पनीले बताएको छ । यसले नेपालमा उच्च गुणस्तरका टायलको माग पूर्ति सँगै मूल्य सहज हुँदा उपभोक्तासमेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको छ ।

‘नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौँ,’ कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने । कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्य मार्फत नेपालको सबैभन्दा ठुलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?