कमजोर कम्पनीलाई ओइपीओ ल्याउनै नदिइने, नयाँ मापदण्ड तय

समाचार सारांश
Auto Generated by AI
  • नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि नयाँ निर्देशिका मार्फत कम्पनीहरूको कडा योग्यता निर्धारण गरेको छ।
  • अब आर्थिक अवस्था सबल, सुशासनयुक्त र व्यवसायिक योजना स्पष्ट भएका कम्पनीले मात्र आईपीओ ल्याउन पाउनेछन्।
  • लगानीकर्ताको सुरक्षाका लागि रकमको सदुपयोग र पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण गरेको छ ।

सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ मार्फत सेबोनले यस्तो योग्यता तोकेको हो । मस्यौदाका रूपमा हाल सार्वजनिक गरिएको उक्त निर्देशिका लागु भएपछि यो कार्यान्वयनमा आउनेछ ।

बोर्डको यो निर्देशिका कार्यान्वयन भए योग्यता पुगेका जुनसुकै कम्पनीले जतिबेला पनि आईपीओ ल्याउन पाउने बाटो खुला हुनेछ । यसअघि बोर्डको नेतृत्वको तजबिजीमा आईपीओ अनुमति हुँदै आएको थियो ।

के के छन् बोर्डले तोकेका मापदण्ड ?

अब आईपीओ ल्याउने कम्पनीले सुशासनलाई कागजमा मात्र सीमित राख्न पाउने छैनन् । सञ्चालक समिति, लेखा परीक्षण समिति, र जोखिम व्यवस्थापन समितिको सक्रियता अनिवार्य हुनुपर्छ । कम्पनीको निर्णय प्रक्रिया पारदर्शी र उत्तरदायी हुनुपर्नेछ । सञ्चालक र प्रमुख व्यवस्थापकहरूले फिट एण्ड प्रपर परीक्षण पास गर्नुपर्नेछ ।

आर्थिक रूपमा कमजोर कम्पनीले अब बजारबाट पैसा उठाउन पाउने छैनन् । कम्पनीले पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सार्वजनिक गर्नुपर्नेछ । कम्पनीको खुद सम्पत्ति अंकित मूल्यभन्दा कम हुन नहुने तथा ऋण र पुँजीको अनुपात सन्तुलित हुनुपर्ने बोर्डको नयाँ सर्त छ ।

कम्पनी केवल दर्ता भएको आधारमा मात्र आईपीओमा आउन पाउने छैन । बोर्डले कम्पनीको व्यावसायिक निरन्तरता जाँच्नेछ । पूर्वाधार, प्रविधि वा अन्य विशेष प्रकृतिका उद्योगको हकमा बोर्डले थप कडा मापदण्ड तोक्नेछ । व्यवसायको प्रकृति, जोखिम र भविष्यको व्यावसायिक योजनामा कम्पनी स्पष्ट हुनुपर्छ ।

कम्पनीले आईपीओ ल्याउनुअघि नै आफ्नो वेबसाइटमार्फत व्यवसायको सम्भावना, चुनौती, भावी योजना, र लगानीको प्रतिफलका आधारहरू सार्वजनिक गर्नुपर्नेछ । लगानीकर्तालाई झुक्याउने वा महत्त्वपूर्ण तथ्य लुकाउने कम्पनीलाई बोर्डले बजार प्रवेशमै रोक लगाउन सक्छ ।

आईपीओबाट संकलन भएको रकम कहाँ र कसरी खर्च हुन्छ भन्ने स्पष्ट योजना साधारण सभाबाट पारित भएको हुनुपर्छ । रकम दुरुपयोग हुन नदिन छुट्टै बैंक खाता राख्ने र त्यसको त्रैमासिक तथा वार्षिक प्रगति विवरण बोर्डलाई बुझाउनुपर्नेछ ।

बोर्डले अब सबै उद्योगलाई एउटै हिसाबले नहेर्ने भएको छ । कम्पनीको क्षेत्र अनुसार जोखिम फरक फरक हुने भएकाले बोर्डले जोखिममा आधारित नियामक दृष्टिकोण अपनाउनेछ । यसको अर्थ कम्पनीको उद्योग कुन हो र त्यसको बजारमा कस्तो प्रभाव पर्छ भन्ने आधारमा बोर्डले थप विशेष मापदण्डहरू लागू गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यती एअरलाइन्सको २८ वर्षे यात्रा पूरा : पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा

दसैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

‘फुटबलका पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ केपी ओलीमाथि खनिए

सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय कार्यान्वयनमा

सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी

छुटाउनुभयो कि ?