एसियन पेन्ट्स नेपालको कन्ट्री हेडमा दीपक बराल नियुक्त

समाचार सारांश
Auto Generated by AI
  • एसियन पेन्ट्स नेपालको कन्ट्री हेडमा दीपक बराल नियुक्त भएका छन्।
  • बरालसँग विभिन्न उद्योगमा नेतृत्व तहमा रहेर काम गरेको २४ वर्षभन्दा बढी अनुभव छ।
  • नेपाली व्यावसायिक नेतृत्व स्थापित हुनुलाई व्यवस्थापन क्षेत्रको महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स नेपालको कन्ट्री हेडमा दीपक बराल नियुक्त भएका छन्।

बरालले यसअघि सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट र सम्राट सिमेन्टलगायत संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। उनले २४ वर्षभन्दा बढी समय उत्पादनको बिक्री, बजारीकरण, व्यवसाय विकास, वितरण व्यवस्थापन तथा नाफा–नोक्सान व्यवस्थापनको क्षेत्रमा अनुभव हासिल गरिसकेका छन्।

बरालले एमडी तथा सीईओ एसीई अवाड्र्स २०२१ अन्तर्गत उत्कृष्ट टोली पुरस्कार प्राप्त गरेका छन्। बहुराष्ट्रिय कम्पनीले नेपालमा गरिरहेको व्यवसायको लागि नेपाली व्यावसायिक नेतृत्व स्थापित हुनु नेपाली व्यवस्थापन क्षेत्रका लागि पनि उल्लेखनीय उपलब्धि भएको जनाइएको छ।

एसियन पेन्ट्स नेपाल र भारतमा पनि ठूलो पेन्ट्स कम्पनीमध्ये पर्छ। नेपालमा यसले सन् १९८३ देखि हेटौँडा औद्योगिक क्षेत्रमा आफ्नो उत्पादन कारखाना स्थापना गरी उच्च गुणस्तरका रंग तथा एसेसरिज उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी

अख्तियारद्वारा एक वर्षमा २५ अर्ब २३ करोड बिगो मागदाबी गर्दै मुद्दा दायर

बाढीमा ज्यान गुमाएका विद्युत् कर्मचारीका परिवारलाई पाँच लाख राहत, ६ महिनासम्म आधा तलब

एनसेल उदय : दूरसञ्चार क्षेत्रमा ठूलो रुपान्तरणकारी

नेपाल-भारतका अर्थमन्त्रीबिच भेटमा के भयाे ?

छुटाउनुभयो कि ?