
- नेपालमा जीडब्ल्यूएमका विद्युतीय सवारीसाधनको माग बढ्दै गएको छ।
- सडक अवरुद्ध भएपछि कम्पनीले कोरला नाका प्रयोग गरी गाडी भित्र्याइरहेको छ।
- नयाँ मोडलका विद्युतीय एसयूभीको डेलिभरी प्रक्रियालाई कम्पनीले तीव्रता दिएको छ।
काठमाडौँ । नेपालमा ग्रेट वाल मोटर (जीडब्ल्यूएम) का विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण बढिरहेको छ ।
आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ‘ओरा ५’ र हालै सार्वजनिक गरिएको ‘हावाल जोलियन म्याक्स ईभी’ को डेलिभरी प्रक्रियालाई तीव्र पारेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै आउने सडक मार्ग प्रभावित भएपछि कम्पनीले गाडी ढुवानीका लागि वैकल्पिक मार्गको रूपमा ‘कोरला नाका’ को प्रयोग गरिरहेको छ । सडक सञ्जालमा देखिएको अवरोधका बाबजुद पनि वैकल्पिक मार्गमार्फत गाडी नेपाल भित्र्याई ग्राहकसम्म पुर्याउने कार्यलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।
हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको ‘हावाल जोलियन म्याक्स ईभी’ नेपाली बजारमा ओरा ५ पछिको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो । कम्पनीले यसलाई ५९ लाख ९९ हजार रुपैयाँको विशेष सुरुवाती मूल्यमा बजारमा ल्याएको थियो ।
कम्पनीका अनुसार ओरा ५ र जोलियन म्याक्स ईभी दुवै मोडलले नेपाली ग्राहकबाट निकै उत्साहजनक प्रतिक्रिया पाइरहेका छन् । विशेषगरी नयाँ पुस्तालाई लक्षित आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि र प्रिमियम एसयूभीको अनुभवका कारण यी गाडीप्रति ग्राहकको रुचि बढ्दो छ ।
भीजी इम्पेक्सका अनुसार हालसम्म प्राप्त बुकिङहरूलाई प्राथमिकताका साथ प्रशोधन गर्ने कार्य भइरहेको छ । ग्राहकको सहजताका लागि कम्पनीले बुकिङदेखि डेलिभरीसम्मको प्रक्रियालाई व्यवस्थित बनाएको छ । डेलिभरीको समयतालिकाबारे थप जानकारी छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
नेपाली अटो बजारमा आफ्नो पकड बलियो बनाउँदै आएको जीडब्ल्यूएमले आगामी दिनमा थप प्रिमियम तथा लक्जरी सेगमेन्टका विद्युतीय मोडलहरू भित्र्याउने तयारी गरिरहेको छ । विश्व बजारमा उपलब्ध आधुनिक तथा प्रविधियुक्त सवारीसाधन नेपाली ग्राहकलाई उपलब्ध गराउने आफ्नो प्रतिबद्धता रहेको कम्पनीले बताएको छ ।

