प्रधानमन्त्री राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख सहयोग

समाचार सारांश
Auto Generated by AI
  • साल्ट ट्रेडिङ कर्पोरेसनले प्रधानमन्त्री राहत कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ।
  • संस्थागत ५० लाख र कर्मचारीहरूको १० लाख गरी सो रकम जम्मा गरिएको हो।
  • विपद् प्रभावित नागरिकको राहत र उद्धारका लागि उक्त रकम प्रदान गरिएको हो।

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ।

कर्पोरेसनले संस्थागत तर्फबाट ५० लाख रुपैयाँ र आफ्ना कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँ राहतस्वरूप प्रदान गरेको हो।

कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरिन् । कार्यक्रममा अध्यक्ष प्रदिप लाल श्रेष्ठ तथा सञ्चालकहरू नारायण दास मानन्धर, देवेन्द्र भक्त श्रेष्ठ, सुनील श्रेष्ठ र व्यवस्थापनतर्फबाट प्रबन्धक कुमार राजभण्डारी, कानुनी सल्लाहकार उमेश कुमार ओझा, लेखा प्रमुख इन्द्रमान महर्जनलगायत अनुप श्रेष्ठ, मोहन थापा र निर्मल तामाङको उपस्थिति थियो।

विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको कर्पोरेसनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?