तातोपानी नाका चिनियाँ पक्षबाट बन्द

समाचार सारांश
Auto Generated by AI
  • भदौ १४ गतेदेखि चिनियाँ पक्षले तातोपानी नाका अस्थायी रूपमा बन्द गरेको छ।
  • नाका कहिले खुल्छ भन्नेबारे चिनियाँ पक्षले कुनै निश्चित मिति तोकेको छैन।
  • दसैंको सामान आयात गर्ने तयारीमा रहेका व्यवसायीहरू यसबाट अन्योलमा परेका छन्।

चिनियाँ पक्षले तातोपानी नाका अस्थाई रुपमा बन्द गर्ने भएको छ ।

भोटेकोशी बाढीका कारण रसुवा नाका पुर्ण रुपमा बन्द भएपछि तातोपानी नाका सञ्चालन हुने व्यापारीहरुले अपेक्षा गरेपनि चिनियाँ भन्सार प्रशासनले अगस्ट ३० अर्थात् भदौ १४ गतेदेखि लागू हुने गरी नाका अस्थायी रूपमा बन्द गरेको हो । तर नाका कहिले खुल्छ भन्नेबारे चिनियाँ पक्षले कुनै निश्चित मिति दिएको छैन ।

नाका बन्द भएको जानकारी नेपाली पक्षले औपचारिक कूटनीतिक माध्यमबाट भन्दा पनि ढुवानी व्यवसायी र एजेन्टमार्फत पाएको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्र प्रकाश गिरीका अनुसार चिनियाँ पक्षको सूचनाको

प्रतिलिपिसहित एजेन्टहरूले जानकारी गराएपछि तातोपानी भन्सारले चिनियाँ भन्सार प्रशासनसँग सम्पर्क गरेर नाका बन्द भएको पुष्टि गरेको हो । चिनियाँहरुले तातोपानी नाका उच्च भौगोलिक जोखिमको नाकाको रुपमा राखेको छ । त्यही भएर पनि नाका बन्द गरेको व्यापारीहरुको भनाई छ ।

चिनियाँ पक्षले नाका अस्थायी रूपमा बन्द रहने र पुनः सञ्चालनको मिति पछि जानकारी गराउने जनाएको छ ।

नाका बन्द हुँदा दसैंलाई लक्षित गरेर चीनबाट सामान ल्याउने तयारीमा रहेका व्यवसायी अन्योलमा परेका छन् । दसैंअघि बजारमा सामान पठाउने तयारी भइरहेका बेला नाका बन्द भएपछि आयातकर्तालाई थप समस्या पर्ने देखिएको छ ।

नेपालतर्फ बाढी र पहिरोका कारण केही दिनदेखि अवरुद्ध रहेको सडक खुलाएर मालवाहक सवारीसाधन सञ्चालन सहज बनाउन नेपाली पक्षले काम गरिरहेको थियो।

सडक खुलेपछि भदौ १२ गते तातोपानी नाकाबाट ४–५ वटा मालवाहक कन्टेनर नेपाल भित्रिएका थिए। तर त्यसको भोलिपल्टै नाका बन्द हुने सूचना व्यवसायीहरूमाझ पुगेको थियो। भदौ १४ गतेदेखि चिनियाँ पक्षले कार्गो आवागमन रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?