एलन मस्क पहिलो ट्रिलियनियर : ११० वर्षअघि रकफेलर थिए पहिलो बिलियनियर

समाचार सारांश
Auto Generated by AI
  • एलन मस्क १ ट्रिलियन डलरभन्दा बढी सम्पत्तिसहित विश्वको पहिलो ट्रिलिनियर बनेका छन्।
  • मस्कको निजी धन २१ वटा ठूला देशको कुल अर्थतन्त्रभन्दा पनि बढी छ।
  • टेस्ला र स्पेसएक्सजस्ता कम्पनीको सफलताले उनलाई छोटो समयमै यो स्थानमा पुर्‍याएको हो।

सन् २०२६ जुन १२ तारिख, शुक्रबार व्यावसायिक धनको अभिलेखन गर्ने संस्था र प्रकाशनले एलन मस्क मानव सभ्यताको पहिलो खर्बपति अर्थात् ट्रिलिनयर भएको घोषणा गरे ।

उनको सम्पत्तिको कुल मूल्य १ ट्रिलियन कटेको छ । संसारका १२५ देश वा राजनीतिक इकाइमध्ये २१ देशको अर्थतन्त्र उनको निजी धनभन्दा ठूलो छ । धनको आधारमा उनी विश्वको २२ औं देश हुन् । १९८ देशभन्दा उनी एक्लै धनी छन् ।

१ बिलियभन्दा ठूलो अर्थतन्त्र भएका २१ देश हुन्– अमेरिका, चीन, जर्मनी, जापान, वेलायत, भारत, फ्रान्स, इटाली, रुस, ब्राजिल क्यनाडा, स्पेन, मेक्सिको, अष्ट्रेलिया, तुर्केए, दक्षिण कोरिया, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, साउदी अरेबिया र पोल्याण्ड ।

यीमध्ये अमेरिकी अर्थतन्त्र ३२.३८ ट्रिलियनको छ भने पोल्याण्डको १.१३ ट्रिलियनको ।

यो गणना मस्कको स्वामित्वमा रहेका कम्पनीको सम्पत्ति र शेयरमूल्यको आधारमा गरिएको हो । फोर्ब्स र ब्लुमबर्गलगायतले शुक्रबार मस्कको सम्पत्ति १.१ देखि १.२ ट्रिलियन बीचमा भएको तथ्य अघि सारेका छन् ।

मस्कको धनी बन्ने प्रक्रिया तीव्र र अन्य अर्बपतिको भन्दा छोटो अवधिको छ । सन् १९९० मा उनी प्रविधि व्यवसायमा प्रवेश गरेका थिए । सन् २०१२ मा फोर्ब्सले उनलाई ६३४ औं स्थानमा राखेको थियो । सन् २०२१ बाट मस्कलाई संसारकै धनी मानिएको हो ।

टेस्ला, एक्स, स्पेसएक्स, एआईएक्स, द बोरिङ, स्टारलिंक, न्यूरोलिंकजस्ता कम्पनीको कारण मस्क मानव सभ्यताकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका हुन् ।

व्यक्तिको निजी धनले बिलियनबाट ट्रिलियन भेट्न ११० वर्ष लागेको छ ।

सन् १९१६ मा अमेरिकी नागरिक जोहन डी. रकफेलर संसारको पहिलो बिलिनियर बनेका थिए । रकफेलरको सम्पत्तिको मुख्य स्रोत तेल थियो । उनी स्टार्न्डड आयल कम्पनीका संस्थापक थिए ।

लामो समयसम्म रकफेलर संसारका सबैभन्दा धनी व्यक्तिको बिम्ब बनिरहे । रकफेलरपछि यो स्थान हेनरी फोर्ड र बिल गेट्सले लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकता

विश्वकपलक्षित नेपाल टेलिकमको विशेष प्याकेज सार्वजनिक

औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

प्रदेश सरकारको बजेट २ खर्ब ५४ अर्ब

छुटाउनुभयो कि ?