स्थानीय तहको लगानीमा सौर्य आयोजनासँग पिपिए गर्न प्राधिकरणको आग्रह

नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य ऊर्जा आयोजनालाई विद्युत् खरिद सम्झौता (पिपिए) गर्न सम्पर्कमा आउन आग्रह गरेको छ । स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य आयोजनासँग पिपिए गरिने जनाएको छ ।

प्राधिकरणले यस्ता आयोजनाबाट उत्पादित विद्युत्को प्रतियुनिट दर चार रुपैयाँ ९९ पैसा कायम गरेको छ । चालु आर्थिक वर्षको अन्त्यभित्र यस्ता आयोजनासँग विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न गर्ने निर्णय यसअघि नै गरिएको थियो ।

प्राधिकरणको वैशाख २ गतेको निर्णयअनुसार आवश्यक कागजातसहित यसै महिनाको अन्तिमसम्म निवेदन दिन आग्रह गरिएको छ । आयोजना ३३/११ केभी क्षमताको ग्रीड वा वितरण सबस्टेशनमा जडान गरिनेछ । प्रवर्द्धकको अनुरोधमा ११ केभी वितरण लाइनमा पनि आवश्यक व्यवस्थासहित जडान गर्न सकिने बताइएको छ ।

विद्युत् खरिद सम्झौताका लागि कम्पनी दर्ता प्रमाणपत्र, स्थानीय तहको कम्तीमा ५१ प्रतिशत शेयर रहेको विवरण, सञ्चालकहरूको लगत, कर चुक्ताको प्रमाणपत्र, विद्युत् सर्वेक्षण अनुमतिपत्र, प्यान दर्ता प्रमाणपत्र, जग्गाको लिज सम्झौता वा स्वामित्व प्रमाणपत्रलगायत कागजात पेश गर्नुपर्नेछ । साथै, सम्झौतामा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारीनामा र आयोजनाको निर्माण तालिका समेत बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?