रेमिट्यान्स आप्रवाह १२ खर्ब ६१ अर्ब भित्रियो

रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । माघ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह एक खर्ब ९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?