उद्योग वाणिज्य महासंघमा ढकाल समूह मैदानमा

निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु भएको छ । महासंघको ६० औँ वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा गरिएको छ ।

आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुँदैछ । जुनबेला हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् । बाँकी अन्य पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ । जसका लागि उम्मेदवारी घोषणा गरिएको हो ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै महासंघका वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । ढकाल हाल वस्तुगत तर्फबाट उपाध्यक्ष रहेका छन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले निजी क्षेत्र विभाजित नभई एकजुट भएर टिम बनाउनका लागि पनि आफ्नो टिम तयार रहेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?