प्रतिनिधि सभा निर्वाचनका लागि झन्डै ६ अर्ब विनियाेजन

निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोहीअनुसार काम भइरहेको बताए।

उनले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको राजनीतिक दल, सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा निर्वाचनका लागि आयोग तत्पर रहेको कुरा जानकारी गराइएको बताए।

‘हामीलाई बजेट अपर्याप्त थियो। अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ’, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ। यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ।’

निर्वाचनका लागि आयोगले रु ७ अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु ५ अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?