समुद्रपारबाट गहुँ ल्याउँदा दोब्बर महसुल तिर्नुपर्याे : दुगड

नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडले समुद्रपारबाट गहुँ ल्याउँदा दोब्बर महसुल तिरेको बताएका छन् ।

संघको २४ औं साधारण सभामा उनले यस्ता उद्योगले स्थानीय बजार र भारतबाट गहुँ खरिद गर्ने उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

गहुँ आयातमा लगाइएको साढे २ प्रतिशत अग्रिम आयकर गैरकानुनी भएको दुगडको दाबी छ ।

संसारभरि नै यसरी अग्रिम रूपमा तिरिएको करलाई कारोबार भइसकेपछि समायोजन गर्न पाउने व्यवस्था रहेको उनको भनाइ छ । तर गहुँमा तिरिएको अग्रिम आयकर समायोजन नहुने र यसबाट कर प्रणालीको विश्वव्यापी मान्यताको उल्लंघन भएको उनको भनाइ छ ।

उद्योगीहरुले नेपालबाट चीनमा चक्की आँटा र मैदा निर्यात गर्न थालेका छन् । नेपालबाट हुने आँटा र मैदाको निर्यातमा चीन सरकारले २ प्रकारको महसुल लगाएको छ। त्यहाँका ठूला आयातकर्तालाई २० र सानालाई ६५ प्रतिशत महसुल छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले
साधारण सभामा बाेल्दै रासायनिक मलमा मात्र सरकारले वार्षिक ३८ अर्ब अनुदान दिएको भन्दै उत्पादन किन घट्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताए ।

‘सरकारले मल, बीउ, सिंचाइ केहीमा अनुदान नदिएको समयमा अहिले भन्दा बढी कृषि उत्पादन थियो । तर जति अनुदान रकम बढेको छ, त्यति नै उत्पादन घट्दै गएको छ’ उनले भने, ‘यसबारेमा गम्भीर समीक्षा आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?