अवैध रकम २५ करोडकाे मालिक अझै फरार, के गर्दैछ प्रहरी ?

टोखा नगरपालिका–२ झोरस्थित सडकखण्डमा ४ चैत राति ११ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको २५ करोड रुपैयाँको मालिक पहिचान भएको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले करिब १५ लामो अनुसन्धानपछि मालिक पहिचान गर्न सफल भएको हो । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले २५ करोडको मालिक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीय नारायण पौडेल रहेको बताए ।

‘हामीलाई यसका मालिक पहिचान गर्नुपर्ने चुनौती पनि थियो । संसद्‍सम्म यसका मालिकबारे प्रश्न उठेको थियो । जसकारण पनि मालिक पहिचान गर्न हामीलाई चुनौती पनि थियो । तर यसमा सफल भएका छौं,’ घिमिरेले भने ।

पछिल्लो समय टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बसोबास गर्ने पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको छ ।

फरार घिमिरेकाे खाेजी तिव्र पारिएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

सरकारले तत्काल निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्छ: इप्पान अध्यक्ष डाँगी

नेपालमा सबैभन्दा धेरै बीवाईडी गाडी भित्रियाे, अरू कुन कुन ब्रान्डका कति भित्रिए ?

स्थानीयबासीलाई रु. १०० मै आईपीओ दिन इप्पानको आग्रह, प्रिमियममा बिक्री गर्ने प्रस्तावको विरोध

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

छुटाउनुभयो कि ?