भाटभटेनी सुपरस्टोरले ४ अर्ब ३६ करोड कर र जरिवाना तिर्नुपर्ने

काठमाडौं । पाँच वर्ष पुरानो मुद्दामा भाटभटेनी सुपरस्टोरले ४ अर्ब ३६ करोड कर र जरिवाना तिर्नुपर्ने भएको छ ।

आन्तरिक राजश्व र ठूला करदाता कार्यालयले २०७६ सालमा कर छलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सोही वर्षको पुस २८ गते कर छली ठहर गर्दै जरिवानासमेत तोकेको थियो ।

आदेशको पुनरावलोकन माग गर्दै भाटभटेनीले दिएको रिट निवेदन बिहीबार सर्वोच्चमा सुनुवाइ हुँदा शुरु सदर भएको हो ।

भाटभटेनीले आर्थिक वर्ष २०६८/०६८ मा अवास्तविक बीजक देखाई कर कट्टी गरेको, खरिदतर्फ नगद छुट गरेको, भारतबाट आयात गरेको व्यापारिक वस्तुको कर उल्लेख नगरेको तथा सवारी साधन खरिदमा शतप्रतिशत क्रेडिट कट्टी गरेको आरोपसहित मुद्दा दायर भएको थियो ।

ती कारोबारका आधार र कारण खुलाई ठूला करदाता कार्यालयले गरेको अन्तिम कर निर्धारण सदरको माग गरिएको थियो । त्यसअनुसार सर्वोच्चले कर र जरिवाना निर्धारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?