सुन आयातमा किन आयो भारी गिरावट ?

काठमाडौं । सुन आयातमा भारी गिरावट आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष पहिलो चौमासिक (साउन–कात्तिक) सम्म १ लाख ३२ हजार ५ सय ६४ ग्राम (१३२.५६४ किलो) सुन आयात भएको छ ।

यसका लागि १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । सुन आयातबाट राज्यले २८ करोड ५५ लाख रुपैयाँ राजस्व उठाउन सकेको छ ।

उता, गत आव पहिलो चौमासिकमा १ लाख ५ सय ग्राम (१०००.५ किलो) सुन आयात भएको थियो । जसका लागि ८ अर्ब २० करोड ८१ लाख रुपैयाँ विदेशिएको थियो । राज्यले १ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सुनको गहना आयात भने पहिलो चौमासिकमा केही वृद्धि भएको छ । अघिल्लो आव कात्तिकसम्म ११ करोड ३२ लाख रुपैयाँ बराबर गहना आयात भएकोमा यस वर्ष भने १९ करोड ८ लाख रुपैयाँ बराबर भएको छ ।

काँचो सुनमा भारी गिरावट आउनुमा एकातर्फ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दा खपत कम हुनु र अर्कातर्फ मुलुकभित्र कर वृद्धि हुनु समेत कारण रहेको व्यबसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?