वित्तीय क्षेत्रमा हरित लगानीको मार्गदर्शन : घर कर्जाको सीमा १५ करोड रुपैयाँसम्म

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई वातावरणमैत्री बनाउने उद्देश्यले ‘ग्रिन फाइनान्स ट्याक्सनोमी-२०२४’ जारी गरेको छ । वातवरणमैत्री कर्जा लगानीको गर्दा आवश्यक सन्दर्भ सामग्रीको रूपमा उक्त दस्तावेज ल्याएको जनाएको छ ।

नेपालको हरित वित्त प्रणालीको रूपरेखा कस्तो हुने हरित वित्त गतिविधिलाई कसरी वर्गीकरण गर्ने र लगानीको रूपरखा कस्तो हुने विषय उक्त दस्तावेजमा समावेश छ । हरित र दिगो लगानीलाई प्रवर्द्धन वित्तको विभिन्न प्रकार र त्यसको आफ्नै महत्त्व रहेको दस्तावेजमा उल्लेख छ ।

उक्त दस्तावेशमा वित्तका प्रकारहरूमा न्यून कार्बन वित्त, अनुकूलन र सहनशीलता वित्त, जलवायु वित्त, हरित वित्त, कार्बन वित्त, दिगो वित्तहरु तथा त्यसको परिभाष समेत उल्लेख गरेको छ ।

न्यून कार्बन वित्तले कम कार्बन अर्थतन्त्रतर्फको परिवर्तनलाई समर्थन गर्ने गतिविधिहरूको वित्तीय व्यवस्थापनलाई जनाउँछ। यसमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र अन्य ग्रिनहाउस ग्यास उत्सर्जन घटाउने उपायहरूमा गरिएको लगानी समावेश रहने उल्लेख छ ।

अनुकूलन र सहनशीलता वित्तले जलवायु–स्थायित्वयुक्त अर्थतन्त्रमा परिवर्तनलाई समर्थन गर्ने गतिविधिहरूको वित्तीय व्यवस्थापनलाई जनाउने र यसमा समुदाय, पारिस्थितिक प्रणाली र अर्थतन्त्रलाई जलवायु परिवर्तनका प्रभावहरूबाट कम संवेदनशील बनाउनका लागि गरिएका लगानीहरू समावेश हुने उल्लेख छ ।

जलवायु वित्तले स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्रोतहरूबाट जुटाइने वित्तीय साधनहरूलाई जनाउँछ, जसले जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलन कार्यहरूलाई समर्थन गर्न खोज्ने उल्लेख छ ।

हरित वित्तको क्षेत्र जलवायु वित्तभन्दा फराकिलो रहेको र न्यून कार्बन, जलवायु–संवेदनशील र समावेशी विकास तर्फको संक्रमणका लागि व्यवस्थित लगानी गतिविधिहरूका दृष्टिकोण समावेश गर्ने बताइएको छ। ‘हरित वित्त’ सामान्यतः जलवायु वित्तभन्दा फराकिलो अवधारणा हो । हरित वित्तले सार्वजनिक र निजी लगानी प्रवाहहरूको हरितकरणमा बढी ध्यान केन्द्रित गर्ने बताइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?