समता घरेलु लघुवित्तको एफपीओ कात्तिक १२ देखि खुल्ने भएको छ । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो ।
प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ

