सेयर बजार परिसूचक नेप्से ४३.२२ अंकले बढ्यो

बुधबार सेयर बजारको परिसूचक नेप्से ४३.२२ अंक (१.६० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा कायम भएको छ ।

कारोबारका क्रममा साढे १ बजे बजार अधिकतम २७४८ अंकसम्म पुगेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको भयो ।

कुल २०६ कम्पनीको मूल्य बढ्दा ३५ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो । साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह उठ्यो । यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?