नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने

नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो ।

नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो.रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगलेले त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा हस्ताक्षर गरेपछिसँगै अब नेपाललाई बङ्गलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो ।

पछिल्लो सम्झौता अनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने छ ।

नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन भने सकेको थिएन ।
नेपाल र बंगलादेशबीच विद्युत् खरिद बिक्रीका लागि करिब एक दशकदेखि प्रयास भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?