सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार तोलामा ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एकसय रूपैयाँले घटेको हो।

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६० हजार पाँचसय रूपैयाँ तोकिएको छ।

आइतबार सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आइतबारको तुलनामा सोमबार प्रतितोला पाँच रूपैयाँले घटेको छ।

आइतबार प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?