१४ बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्‍याउन सकेनन्

नेपाल बीमा प्राधिकरणका अनुसार १४ बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् । यी कम्पनीहरूले न्यूनतम ३६ करोड रुपैयाँदेखि चार अर्ब ९० करोड रुपैयाँ पुँजी थप्नुपर्ने देखिएको हो।

प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूलाई दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।
कम्पनीहरूले बोनस सेयर, हकप्रद सेयर वा थप सेयर निष्कासन (एफपीओ) गरेर पुँजी पु¥याउन पर्ने हुन्छ। कम्पनीहरूले अहिले भइरहेको पुँजीमा करिब आठ प्रतिशतदेखि ४९ गुणासम्म पुँजी थप्नुपर्ने छ ।

सरकारी लगानीसमेत रहेका राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको पुँजी गुणात्मक बढाउनुपर्ने देखिएको हो। अन्य केही निजी कम्पनीसँग सेयर प्रिमियमको रूपमा रकम समेत छ। पुँजी पुर्‍याउन बाँकी कम्पनीले नै यस्तो रकमबाट ३९ प्रतिशतसम्म रकम दिन सक्छन्। सेयर प्रिमियममा रहेको रकम बोनस सेयर दिन नै प्रयोग हुन्छ।

गत पुसमा लेखा समितिको बैठकले बीमा कम्पनीहरूको प्रिमियम रकममा प्रश्न उठाएपछि बीमा प्राधिकरणले तत्काललाई यो रकम सञ्चितिमा राख्न निर्देशन दिएको थियो । यही कारण कम्पनीहरूले या त आफ्नो नाफाबाट आउने रकमको आधारमा बोनस सेयर दिनुपर्ने हुन्छ वा हकप्रद ल्याएर पुँजी पु¥याउन पर्ने हुन्छ। धितोपत्र बोर्डमा हाल एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ, नेको इन्स्योरेन्स, एशियन लाइफ, प्रभु इन्स्योरेन्स, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स हकप्रदको अनुमति माग्दै प्रक्रियामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?