लचिलो मौद्रिक नीतिकाे प्रभाव : बैंकहरूको कर्जा प्रवाह वृद्धि

पछिल्लो समय बैंकहरूको कर्जा प्रवाह बढेको छ । लचिलो मौद्रिक नीति, घट्दो ब्याज दरको कारण कर्जा प्रवाह बढेको हो । भदौ महिनामा बैंकहरूले कर्जा लगानी बढाउन थालेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

साउन अन्त्यसम्ममा ५१ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ ११ गतेसम्ममा ५१ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । भदौको ११ दिनमा मात्रै १८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकमा देखिन्छ ।

भदौ ११ सम्ममा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकले मात्रै ४५ खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो तथ्यांक अनुसार, कुल निक्षेप भने ६४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकको मात्रै ५७ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ भने अन्य विकास बैंक तथा वित्तीय संस्थासँग ७ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९६ प्रतिशत रहेको छ ।

जसअनुसार, बैंकसँग ६ खर्ब २५ अर्ब रुपैयाँ हाराहारीमा लगानीयोग्य रकम रहेको छ । जानकारहरूले चालु आवको लचिलो मौद्रिक नीतिका कारण व्यवसायी तथा उद्यमीमा आत्मविश्वास बढ्दै गएकोले कर्जाको माग पनि क्रमश: बढ्न लागेको बताएका छन् । बैंकर्सहरू पनि अहिले कर्जा लगानीका लागि चासो बढ्दै गएको बताउँछन् । राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भन्दै चालु आवको मौद्रिक नीति सजगतापूर्वक लचिलो ल्याएको छ ।

विगतमा लक्ष्यको आधा पनि चालु आवमा निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत राखेको छ । कर्जा विस्तारसँगै राष्ट्र बैंकले नीतिगत दर ०.५ प्रतिशत आधार बिन्दुले घटाएर बैंक वित्तीय संस्थाहरूलाई थप ब्याजदर घटाउन सक्ने आधार समेत दियो । मौद्रिक नीति पश्चात बैंक वित्तीय संस्थाहरूले भदौका लागि निक्षेपको ब्याजदर करिब ०.५ प्रतिशतको आधार घटाएका छन् । निक्षेपको ब्याजदर क्रमिक रुपमा घट्दै जाँदा कर्जाको औषत ब्याजदर एकल अंकमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?