सेयरबजारमा सूचक र कारोबार रकम दुवै घट्यो

सेयरबजारमा सूचक र कारोबार रकम दुवै घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा आइपुग्दा कारोबार रकम पनि साढे ३ अर्बले घटेर ९ अर्ब ६५ करोडमा झरेको छ।

बिहीबार २ करोड कित्ता मात्र सेयर बिक्री भएको हो।

योसँगै साताको अन्तिम कारोबार दिन १०१ कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता ४७० रुपैयाँ कमाएका छन्।

यसबाहेक युनिक नेपाल लघुवित्त ९.१४ प्रतिशत, नेष्डो समृद्ध लघुवित्त ८.४३ प्रतिशत, अपर हेवाखोला हाइड्रो ७.९२ प्रतिशत र गुडविल फाइनान्सको सेयर ७.८३ प्रतिशतले बढेको छ।

आज धेरै प्रतिसेयर नोक्सानी व्यहोर्नेमा नेपाल फाइनान्सका लगानीकर्ता छन्। उनीहरुले ८.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १४७ रुपैयाँ गुमाएका छन्। अन्य कम्पनीको अधिकतम ५.७७ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ।

सर्वाधिक कारोबार भने नेपाल फाइनान्सको ४० करोड ५० लाख, एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख, गुडविल फाइनान्स २९ करोड ९६ लाख, हिमालयन रि इन्स्योरेन्स २९ करोड र अपि पावरको २२ करोड ६१ लाखको सेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?