सबैभन्दा बढी भारतीय पर्यटक नेपालमा आए

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०२४ को आठौं महिना (अगष्ट) मा ७२ हजार ७१९ जना पर्यटक भित्रिएका छन् ।

यो गत वर्षको यही अवधिको भन्दा ८.२९ प्रतिशतले धेरै हो । यसअघि सन् २०२३ को अगष्टमा ६७ हजार १५३ जना पर्यटक भित्रिएका थिए । अगष्टमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् ।

सो अवधिमा भारतबाट सबैभन्दा धेरै २५ हजार ८३२ पर्यटक नेपाल आएका छन् । यस्तै, चीनबाट ६ हजार ११४, अमेरिकाबाट ५ हजार ६१४ र श्रीलंकबाट ४ हजार ८५१ जना पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७ र अप्रीलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका थिए ।

यस्तै मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यो सँगै सन् २०२४ को ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?